समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाक मिथिला नगरपालिका वडा नं. ५ बस्ने २३ वर्षीय दिलीप भनिने ओम प्रकाश महतोलाई हत्या गर्ने हत्यारा तथा हत्या घटनामा संलग्न दोषीहरुलाई कडा कारवाहीको माग गरिएको छ । खोलामा हुनेगरेको अबैध बालुवा गिट्टी तथा ग्रावेल उत्खन्न विरुद्ध आवाज उठाउने दिलीपको हत्यामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै आइतबार साँझ मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा श्रद्धाञ्जलीसभा गरिएको छ । 

हिमालय युवा क्लवको अगुवाईमा नक्टाझिजको विश्वकर्मा चौकमा दिलीपको हत्यारा तथा हत्या घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै  १० मिनेट चक्का जाम समेत गरिएको क्लवले जनाएको छ । १० मिनेटसम्म जनकपुर ढल्केवर सडक खण्डमा चच्का जाम गर्दै विश्वकर्माचौकमा मैनवत्ती बालेर दिलीपको आत्माको चिरशान्तिको लागि प्रार्थना गरिएको क्लवका अध्यक्ष अरुण कुमार महतोले बताए । 

सो श्रद्धाञ्जलीसभाम मिथिला नगरपालिका वडा नं.२ का वडाअध्यक्ष विहारी महतो, हिमालय युवा क्लवका उपाध्यक्ष विनोद महतो, सचिव शिवकुमार सिंह, कोषाध्यक्ष कविता कुमारी सिन्हा, सल्लाहकार भरतलाल महतो, सदस्य रामचन्द्र महतो, फ्रेस कुमार महतो, अजय महतो लगायत सम्पूर्ण पदाधिकारी, एभरेष्ट युवा क्लवका बलराम महतो, रामविलास महतो, लगायत स्थानीयबासी, विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here