समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । आज बिहान सुनसरीको सखुवागाछिमा हायस र बिपरित दिसाबाट आउदै गरेकाे नाइट बस एक आपसमा ठाेकिएकाे छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएको छ ।

इटहरीबाट इनरुवा तर्फ जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाएस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो ।  मृत्यु हुनेहरुमा हायसका चालक दिपक खडका, झापा भद्रपुरका (पति पत्नी) ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइराला रहेका छन । एक जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर विजय दाहालले जानकारी दिए । उनको पहिचान खुलेको छैन ।

धरान इटहरीमा घाइतेहरुको उपचार भइरहेको छ भने वीपीमा हुने २ जना घाईतेको अवस्था सिकिस्त रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here