समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


नेपाल कुनै सजातीय राज्य होईन । सयौँ फुलका थुँगा हामी एउटै माला नेपाली भने झैँ यहाँ बसोबास गर्ने हामी बहुजातीय, बहुभाषिक र बहुधार्मिक हौँ, जो सबै मिलेर एउटै मालामा गाभिएका छौँ । नेपालको पहाड़ी क्षेत्रमा प्रायः खस र मंगोलियाईडहरुको बसोबास छ, जसको पहिचान आफ्नै कला संस्कृतीले भरिएको छ भने अन्नको भण्डार मानिने दक्षिणका समतल मैदानमा मधेशीलगायत बिबिध समूहहरुको बसोबास छ । छुट्टै पहिचान बोकेका आदिवासी थारूहरु पनि तराई क्षेत्रमा प्रारम्भिक कालदेखी नै बसोबास गर्दै आएका हुन् । त्यस्तै नै प्रकृतिको काखमा रमाउने हिमाली क्षेत्रका शेर्पा र तामाङ समुदायको संस्कृती विश्वमै नौलो संस्कृतिको रुपमा परिचित छ । यो विविधताले गर्दा यहाँ विभिन्न किसिमका राष्ट्रियताहरु पनि छन्, जस्तै( मधेशी, लिम्बुवान, खुम्बुवान, किराँत, मगरात, खस, मगरात आदि इत्यादि । हाम्रो विविधता नै हाम्रो सम्पत्ति हो, जसले सारा संसारको दृष्टिमा हाम्रो देशलाई अलग उभ्याउछ ।

बहुराष्ट्रिय देश एक सार्वभौम देश हो जसमा दुई वा दुइ भन्दा बढी देश वा जातीय समुह वा राज्यहरू हुने गर्दछ । बहुराष्ट्रिय भन्नाले देश टुक्रयाउने र अलग(अलग पार्नु होईन, बरू एउटै देशभित्र रहेका विविधतालाई एउटै सिंगो धागोमा बाँध्नु हो । यसले एउटै राष्ट्रभित्र रहेका बहुजातीय जनसंख्या र राज्यहरुलाई जनाउने गर्दछ । जसलाई हाम्रो देशको संघीयताको मर्मले पनि बोकेको छ । बहुराष्ट्रिय देशको अवधारणाले राष्ट्रलाई बलियो बनाउने र जोड़ने काम गर्दछ न की कजोर र तोड़ने । यसले सीमान्तीकृत समुदायहरुको स्वायत्तता, भाषा र राष्ट्रिय प्रतिनिधित्वको विशेष अधिकारलाई पनि सुनिश्चित गर्दछ जसकारण उनीहरु वर्तमान राजनीति व्यवस्थाको वैधानिकतालाई स्वीकार गरी र प्रोत्साहित भई देश विकासतिर उन्मुख हुन्छन् । यस्तो एकात्मक र केन्द्रीकृत व्यवस्थामा सम्भव हुँदैन । आफ्नो अस्तित्व र पहिचान र अधिकार खोजिरहेका सीमान्तीकृत समुदायको मागहरु बहुराष्ट्रिय देशको अवधारणाभित्र आफ्नो प्रतिनिधित्व पाउने भएको हुनाले यस प्रक्रियाले बहुराष्ट्रिय देशको राजनीतिमा एक अर्काको स्वीकार्यता बढाउँछ र सँगसँगै यसले राजनीतिमा पनि ठुलो परिवर्तन ल्याउँछ ।

विविधता रहेको देशमा बहुराष्ट्रियको अवधारणालाई स्वीकार गरिएन भने यसले पृथकतावादका आधारहरु दिन सक्छ र अलग(अलग राष्ट्रवादी दाबीहरु उत्पन्न भई स्वतन्त्रता मांग गर्ने समुहहरु दिन प्रतिदिन देखा पर्न थाल्छ । गोईत समूह र डा. सीके राउतद्वारा स्वतन्त्र मधेशको लागि उठाइएको मुद्दाले झन यो कुरा लाई प्रष्ट पार्दछ र भोलीका दिनमा पनि हामी बहुराष्ट्रिय अवधारणालाई अपनाएनौँ भने मधेशलगायत थरुहट र हिमालमा पृथकतावादी सोचहरु जन्मिने सम्भावना धेरै नै हुन्छ । बिगतका विश्वका इतिहासले पनि यस्ता कुराहरु प्रमाणित गरिसकेका छन ।

बंगलादेश पाकिस्तानबाट अलग्गिनुमा भाषाको पनि ठुलो भुमिका थियो । मोहम्मद अली जिन्नाहले उर्दुलाई पाकिस्तानको सरकारी काम काजका भाषा राखेका थिए जब की धेरैजसो पश्चमी पाकिस्तानीहरु पन्जाबी सिंधी भाषा बोल्थे र पुर्व पाकिस्तानीहरु बंगला भाषा बोल्थे जसकारण पश्चिमि पाकिस्तानी असहमत भए फलस्वरूप ठूलो विद्रोह भयो जसमा पाकिस्तानले आत्मसमर्पण गर्नुपर्यो र बंगलादेश पाकिस्तानबाट छुट्टिन पुग्यो । मधेशमा केहि व्यक्ति र संगठनहरु अहिले पनि पृथकतावादी सोच लिएर अगाड़ी बढिरहेको अवस्था छ, जसलाई विश्राम दिनु अत्यनत जरूरी देखिन्छ । तसर्थ बहुराष्ट्रियको अवधारणाले नै देशलाई विखण्डनबाट रोक्न सहयोग गर्दछ ।

हाम्रो संविधानको प्रस्तावनामा पनि सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दैस बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दैस वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको छ।

एउटा बहुराष्ट्रिय देश बहुजातीय, बहुसांस्कृतिक वा बहुभाषी हुन्छ, जून हाम्रो संबिधानको अनुसार “राष्ट्र’’ को परिभाषाले पनि परिभाषित गर्दछ की हामी बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक छौँ । आजका बहुराष्ट्रिय देशहरुको उदाहरणहरू भारत, चीन, सिंगापुर, स्विजरल्याण्ड, संयुक्त राज्य अमेरिका लागायतका देशहरु हुन ।

लेखक जनता समाजवादी पार्टीका युवा नेता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here