समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
सिरहा । सिरहाको मिर्चैयामा जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई मिर्चैया नगरपालिकाले राहतस्वरूप २० हजार रूपैयाँ प्रदान गरेको छ ।
जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ९ मा हात्तिले कुल्चेर एक बालकको मृत्यु भएको परिवारलाई मिर्चैया नगरपालिकाद्धारा नगद बीस हजार किरिया खर्च बापत चेक हस्तान्तरण गरेका हुन् ।
मिर्चैया नगरपालिकाको मेयर श्रवण कुमार यादवले मिर्चैया नगरपालिका वडा नं.९ मा हात्तिले कुल्चेर बालकको मृत्यु भएको परिवारलाई किरिया खर्च बापत आर्थिक सहयोग गरेका छन् ।
मिर्चैया नगरपालिका वडा नं. ९ का रामलावित महतोलाई मेयर यादबले २० हजार किरिया खर्च दिएका हुन् । रामलावित महतोेको १० वर्षीया छोरा रविन्द्र कुमार महतोको हात्तिले कुल्चेर मृत्यु भएको थियो ।
मेयर यादवले हात्ती आक्रमणमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली समेत व्यक्त गरे । जंगली हात्तीले कुल्चिँदा एक मात्र छोराको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयवासी शोकमा डुबेका छन् ।