समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । गैरसरकारी संस्था हर्षित नेपालको आयोजना तथा काव्या हस्पिटको प्राविधिक सहयोग तथा सहकार्यमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

विभिन्न सामाजिक कार्यमा सदैव अगाडि देखिएको हर्षित नेपालले सामाजका गरिब, विपन्न गरिब तथा असहाय व्यक्तिहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गर्न स्वास्थ्य शिविर संचालन गर्न लागिएको नेपालका अध्यक्ष ममता साहले जानकारी दिएका छन् ।

अध्यक्ष साहका अनुसार निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत स्त्री तथा प्रसुति रोगसम्बन्धी, बालरोग सम्बन्धी, हाड जोर्नी तथा नासा रोग सम्बन्धी, जेनरल तथा स्त्रिनीङ्ग, ल्याब सहितको सुविधायुक्त सेवाहरु काव्य हस्पिटलको विशेषज्ञ चिकित्सहरुबाट प्रदान गरिने बताए ।

स्वास्थ्य शिविर यहि माघ ११ गते महेन्द्रनगरस्थित गंगोत्री बोर्डिङ्ग स्कुलमा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म आयोजना हुने जनाईएको छ ।

हर्षित नेपाल यसअघि डोम समुदायहरुलाई बल्यांकेट वितरण, वृक्षारोपण लगायतका कार्यहरु गर्दै आईरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here