समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । गरिब, विपन्न तथा असहायहरुको लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शनिवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ मा हर्षित नेपालद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पनन भएको हर्षित नेपालका अध्यक्ष ममता साहले जनाएकी छिन् ।

निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गर्न जनकपुरस्थित रहेको काव्य हस्पिटलको प्राविधिक सहयोगमा शिविरि सम्पन्न भएको हो । शिविरमा करिब २ सय ३१ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

शनिवार करिब ९ बजेदेखि सुरु भएको शिविरमा स्त्री तथा प्रसुति रोग, बालरोग, हाडजोर्नीतथा नसा रोग र जेनरल तथा सर्जरी स्क्रिनिङ्ग जाँच लगायतका सेवाहरु प्रदान गरिएको छ ।

उत्कृष्ट व्यवस्थित तथा विशेषज्ञ डाक्टरहरुको समुह रहेको काव्य हस्पिटलको पाँच जना डाक्टर, ५ प्राविधिक, १० भोल्नटियर गरि करिब २० जनाको टिम स्वास्थ्यि शिविरमा सहयोग गरेको थियो ।

हर्षित नेपाल (गैरसरकारी संस्था) ले समय समयमा धनुषा जिल्ला लगायतको क्षेत्रमा समय समयमा विभिन्न किसिमको सहयोग गर्दै आएको र अगामीदिनमा पनि यस्तै सहयोग गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here