समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषामा परिवारजनबाट सम्पर्क विच्छेद भई हराएका बालक तीन महिनापछि परिवारको सम्पर्कमा आएका छन् ।

अभियन्ता गुन्जा रायको पहलमा जनकपुरधाम उपमहानगरपालिका १८ महुवा कपिलेश्वरका जोगेन्द्र साहको १४ बर्षीय छोरा मनिष साह तीन महिनापछि परिवारको सम्पर्कमा आएका हुन् ।

सिया फाउण्डेसनका अधयक्ष समेत रहेकी अभियन्ता रायको पहलमा बालकको उद्धार भएको छ । यही वर्षको दशैँ भन्दा पहिलेदेखि हराईरहेका बालक साह भारतको राजधानी दिल्लीस्थित गाजियाबाद पुगिसकेका थिए । हराएर गाजियाबाद पुगिसकेका साहलाई अभियानी रायले भारतका सामाजिक अभियन्ता राजु अभियानीको मद्दतले जनकपुरधाम ल्याई बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको रोहवरमा मनिषको दाई संजय साहको जिम्मा लगाएकी छिन् ।

प्रमुख जिल्ला अधिकारी कणेलले जोखिममा परेको बालकलाई जोगाइ परिवारजनलाई हस्तान्तरण गरेकोमा अभियन्ता राय तथा उनको संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । बालक साह लगभग ३ महिनादेखी ओपेन सेल्टर गाजीयावाद न्यू दिल्लीमा भारतीय सामाजिक अभियानीहरुको रेखदेखमा बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here