समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


वीरगन्ज । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको निलम्बित सांसद महमद आफताब आलमको विषयमा उच्च अदालत जनकपुरको वीरगंज अस्थायी इजलासमा बिहीवार सुनवाइ भएको छ ।

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारूको संयुक्त इजलासले आज रौतहट जिल्ला अदालतमा आलमविरुद्धको मुद्दा पर्सा जिल्ला अदालतमा सार्ने विषयमा दुवै पक्षका कानून व्यवसायीहरूले बहस गरेका थिए । उच्च अदालत वीरगंज इजलासले यसअघि निवेदक, जाहेरवाला र आलमको तर्पmबाट तीनरतीन जना, पर्सा बारबाट तीनजना मात्र कानून व्यवसायीले आलम मुद्दामा बहस गर्ने भनेर सङ्ख्या तोकेको थियो ।

सोही अनुसार वीरगंज इजलासमा मुद्दा सार्नको लागि निवेदन दर्ता गराएको उच्च अदालत वीरगंजको न्यायाधिवक्ता कार्यालयबाट तीनजना कानून व्यवसायी, जाहेरवाला नारायण सिंहको तर्पmबाट दुईजना कानून व्यवसायी, आलमको तर्पmबाट अधिवक्तात्रय यदुनाथ खनाल, सुधीर कर्ण र विनय सिंह तथा पर्सा बारको तर्पmबाट तीनजना वरिष्ठ कानून व्यवसायी देवेन्द्र सिंह, दीपक राजभण्डारी र इन्द्रदेव चौधरीले बहस गरेका थिए ।

उच्च अदालत वीरगंज इजलासका न्यायाधिवक्ताको कार्यालयले रौतहट जिल्ला अदालतमा रहेको आलमविरुद्धको मुद्दा पर्सा जिल्ला अदालतमा सार्ने व्यवस्था गर्न उच्च अदालत वीरगंज इजलासमा निवेदन दिएकोे आधारमा मुद्दाबारे आज बहस सम्पन्न भएको थियो । तर आलमले पनि उच्च अदालतमा रौतहट जिल्ला अदालतबाट पुर्पक्षका लागि जेलचलानको आदेश बदर गर्न उच्च अदालत वीरगंज इजलासमा निवेदन दिएको कारण दुवै मुद्दामा एकैपटक पैmसला गर्ने गरी माघ २ गतेको पेशी तोकिएको छ ।

आलमले साधारण तारेखमा रिहा गरी पाउँ भनी उच्च अदालतमा दिएको मुद्दाको पेशी माघ २ गते रहेकोले न्यायाधीशद्वय आचार्य र थारूको संयुक्त इजलासले दुवै मुद्दाको पेशी माघ २ गते तोकेको एकजना कानून व्यवसायीले बताए । आलमलाई आप्mनो निर्वाचन क्षेत्रमा १२ जनाको हत्या गरेको अभियोगमा रौतहट जिल्ला अदालतले कात्तिक २८ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश सुनाएको थियो ।

आलम हाल काठमाडौंको नख्खु जेलमा छन् । रौतहट कारागारमा आलम राख्दा शान्तिसुरक्षामा खलल पुग्न सक्ने भएकोले उनलाई सजाय तोकिएकै राति नख्खु कारागार चलान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here