समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २६ मंसिर ।

सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवमा सहभागि हुन जनकपुर आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी ६ घण्टाको जनकपुर बसाई पछि स्वदेश फर्केका छन् ।

जनकपुरस्थित रंगभूमि मैदानमा सीता र रामको स्वयंवर कार्यक्रममा उपस्थित योगीले ३२ मिनेट १८ सेकेन्ड लामो मन्तव्यमा नेपाल र भारत तथा जनकपुर र अयोध्याबीचको पौराणिक तथा सांस्कृतिक सम्बन्धबारे चर्चा गरेका थिए । उनले जनकपुर ज्ञान, दर्शन र तत्वको खानी रहेको बताए ।रामसीता विवाह उत्सवमा सहभागी हुन जनकपुर आएका भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगीले जनकपुर ज्ञान, दर्शन र तत्वको खानी रहेको उल्लेख गरे ।

योगीले जनकपुर १० हजार वर्ष पहिलेदेखि ज्ञानभूमिका रुपमा रहिआएको स्मरण गराए । ‘जय सीता मैया’ भन्दै मन्तव्य सुरु गरेका योगीले नेपाली भाषामा ‘नमस्कार तपाईंहरुलाई’ भनेपछि रंगभूमि मैदान तालीले गुञ्जयमान भएको थियो ।योगीले आफू भारतको दूत बनेर आएको बताए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबासीका लागि बधाई र शुभकामना सन्देश पठाएको पनि बताए । अयोध्या र जनकपुरको पौराणिक इतिहास रहेको टिप्पणी गर्दै योगीले नेपाल र भारतको पनि आफ्नो छुट्टै धार्मिक तथा सांस्कृतिक इतिहास रहेको बताए ।

राजा जनकको धरती जनकपुर आउने अवसर पाएकोमा खुसी व्यक्त गर्दै उनले यहाँ आएर अपनत्व महसुस भएको बताए ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here