समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम, ८ पुस

जनकपुर उपमहानगरपालिका वडा नं. ७ को दलित बस्तीमा नेपाली सेनाले तीन वटा शौचालय र खानेपानी कल सहयोग गरेका छन् ।
शौचालयको आइतबार उद्घाटन कार्यक्रम गरी गोरख नाथ गनका प्रमुख सेनानी गणपती भोला पाण्डेले जनकपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष जानकी राम साहलाई हस्तान्नर गरेका हुन् ।

कार्यक्रममा गणपति पाण्डेल विगतमा नेपाली सेनाले गर्दै आएको काम वाट उत्साहित भएर दलित वस्तीलाई शौचालय तथा खानेपानी कल सहयोग गरेको भन्दै सके सम्म सदैव नेपाली सेनाले नेपाली जनतालाई शान्ति सुरक्षादेखि विकासको काम गर्ने प्रतिबद्धता जनाए । २ लाख ३० हजार लागतमा निर्माण भएको शौचालय र खानेपानी कल दलीत वस्तीमा हस्तान्नतरण गर्न पाउँदा आँफु उत्साहित भएको बताए ।

त्यसतै कार्यक्रममा वडाध्यक्ष जानकी राम साहले नेपाली सेनाको यो सराहनीय कार्यबाट आँफुलाई उर्जा प्राप्त भएको बताए । कार्यक्रममा उपस्थित व्यक्तित्वहरु आफ्नो वस्तीमा शौचालय र खानेपानी उपलब्ध हुँदा उत्साहित भएका थिए ।
गोरख नाथ गनका प्रमुख सेनानी गणपती भोला पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम नेपाली सेना, वस्तीका मानिसहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here