समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम, ९ पुस ।
धनुषाको शहिदनगर नगरपालिकामा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरिबाट सयौं जना लाभान्वित भएको छ ।


जिल्लाको विकट क्षेत्रका गरिब, असहाय, विपन्नहरुलाई मध्यनजर गर्दै सेनाले आयोजना गरेका थिए । जिल्लाको निकै पिछडिएको क्षेत्र मानिने ग्रामिण क्षेत्रमा गएर नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सयौँले स्वास्थ्य सेवा पाएका छन ।
नेपाली सेनाको २७ नम्बर बाहिनी अडडा गोरखनाथ गणले शहिदनगर नगरपालिकाको वडा नम्बर ३ स्थित यदुकुहामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा नेपाली सेना सम्बन्धि फोटो प्रदर्शनी कार्यक्रममा ४ सय ५० विरामीले स्वास्थ्य चेकजाँच गराउनुको साथै निःशुल्क औषधी पाएका छन ।
गोरखनाथ गणका गणपति भोला पाण्डेको नेतृत्वमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा नगरपालिकाका मेयर उदयकुमार बरबरिया, २६ वाहिनीका बाहिनीपति वावुराम श्रेष्ठलगायत स्थानिय जनप्रतिनिधी, बुद्धिविजीहरुको विशेष उपस्थिती रहेको थियो ।
सेनाद्धारा आयोजित स्वास्थ्य शिविरमा अर्थो, स्त्री तथा प्रसुती रोग, ब्लड प्रेसर, सुगर तथा रुघाखोकी लगायतका विरामीहरुलाई चेकजाँच गर्दै औषधी समेत वितरण गरिएको गणपति भोला पाण्डेले जानकारी दिएका छन ।
नेपाली सेनाले गरिव, विपन्नहरुलाई मध्यनजर गर्दै आफ्नो नगरमा निःशुल्क स्वास्थ्य शिविर तथा सेना सम्बन्धि फोटो प्रदशर्नी गरेर सेना साँच्चिकै देशको गौरव र शान रहनुको साथै दिनदुःखीका सहाराको पात्र रहेको महसुस गराएको मेयर बरवरियाले बताएका छन । उनले भने,–‘ग्रामिण क्षेत्रमा सेनाले आयोजना गरेको मानविय कार्यप्रति सम्पूर्ण जनताको तर्फबाट आभार प्रकट गर्दछु ।’ देश र जनताको हकहितका लागि सेनाको जनकल्याणकारी भुमिका सदैव रहि रहोस भन्ने विश्वास व्यक्त गरेका छन ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here