समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
सिरहा, १५ पुस ।
विगत ९ महिनाअघि मागिएको सूचना उपलब्ध नभएपछि सिरहाको औरही गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
कार्यालयबाट माग गरिएको सूचना गाउँ कार्यपालिकाद्धारा उपलब्ध नगराइएपछि बेतिथि विरुद्ध गठित स्वतन्त्र यूवा समाजले आईतवार तालाबन्दी गरेका हुन् ।
सूचनाको हक प्रयोग गरी गत आर्थिक वर्ष र यस आर्थिक वर्षको बजेट विवरण तथा बिल भरपाईको सूचना माग्दा आजभोली गर्दागर्दै आलटाल गरेपछि तालाबन्दी नै गर्न बाध्य हुनुपरेको स्वतन्त्र युवा समाजका अध्यक्ष दिपेन्द्र यादवले बताए ।
कार्यालयमा ३२ कर्मचारी रहेको र नियमित कर्मचारी समेत उपस्थित नहुने गरेका कारण सेवाग्राहीले सास्ति भोग्नु परेको उनीहरुको आरोप छ । गाउँपालिकामा व्यापक भ्रष्टाचार समेत भइरहेको युवाहरुले आरोप लगाए ।
गाउँपालिका प्रमुख र वडाध्यक्ष एकअर्कामा दोष लगाउँदै मिलेमतोमा बिकासको बजेट र आफ्नै कार्यकर्तालाई ठेक्कापट्टा दिई कमिसन खाने गरेको समितिको ठहर छ ।
युवाहरुले यसअघि गापाका सबै वडाहरुमा ‘भ्रष्टाचार विरुद्धको भन्डाफोर अभियान’ समेत चलाएको थियो । अन्ततः बाध्य भएर तालाबन्दी गरेका युवाहरु आफूहरुको माग पुरा नभए र बेतिथि अन्त्य नभए संघर्ष जारी राख्ने बताएका छन् ।
भिडियो यहाँ :-