समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


रबिन्द्र यादव

नवलपरासी पश्चिम , २३ फागुन ।

भारतीय प्रशासनले सुस्ता भुमीमा ड्रोन क्यामेरा घुमाएर हातहतियार सहित गस्ती गरेपछि सुुस्ताबासीहरु त्रसित बनेका छन् ।

सुस्ता भुमी र गाउँको नाप नक्सा र अवस्था पत्ता लगाउन भारतीय प्रशासनले उडाएको ड्रोन क्यामेराबाट सुस्ताबासीहरु चिन्तित मात्र बनेका छैनन् बरु भारतीय पक्षले अब के गर्ला भनि त्रसित समेत बनेका छन् ।

विश्वभरि नै वादविवादले अशान्ती फैलिएको अवस्थामा अब भारतीय पक्षले के षडयन्त्र गर्ने हो भनि सुस्ताबासीहरु चिन्तामा परेको बताउछन् । सुस्तामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको चौकी रहेपनि भारतीय प्रशासन आफनो एसएसबी फोर्सलाई हतियार सहित ३५ जना सुस्ता भुमीमा गस्ती गरेर सुस्ताबासीहरुलाई त्रसाउने र धम्काउने समेतको कार्य गरेका सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जयसवालले जानकारी दिए ।

उनले भने यहि फागुन १२ गते भारतीय प्रशासनको उच्च अधिकारी ४ गाडी भारतीय एसएसबी हातहतियार सहित सुस्ता भुमीमा छिरेर निर्माण गरिएको तटब्ध र झोपडी भत्काउन चेतावनी दिदै रिमोटले ड्रोन क्यामेरा घुमाएर सुस्ता भुमीको सबै एरिया क्याप्चर गरेको बताए । सदस्य जयसवालका अनुसार नारयणी नदीमा बन्न लागेको सुस्ता झुलुङ्गे पुल, विवादित जग्गा, हालै बनाएको विवादित पुल, सुस्ता गाउँ र सिमा क्षेत्र समेतको एरियामा ड्रोन क्यामेर घुमाएर सबै क्याप्चर गरेका छन् ।

केहि महिना पहिला सुस्ताबासीले सुस्ताको विवादित भुमी छाडेर बाढीको जोखिम कम गर्न निर्माण गरेको तटबन्ध र बाहिर मान्छे तथा जनावरलाई निगरानि गर्न बनाइएको एक झोपडी समेतलाई भारतीय प्रशासनले भत्काउन चेतावनी दिदै तटबन्ध र झेपणी निर्माण गर्ने व्यक्तिहरुलाई धम्काउने समेतको कार्य गरेका सदस्य जयसवालले बताए ।

पटक–पटक धम्काउदै आएका भारतीय एसएसबीहरु बुधबार मात्र फेरि सुस्तामा आएर नोमेन्स एरियामा तटबन्ध निर्माण गरेको भन्दै भत्काउन चेतावनी दिएर गएको सुस्ताबासीहरुले जानकारी दिए ।

करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता पन्चायत २०६२ साल देखिनै भारतीय पक्षद्धारा अतिक्रमण हुदै हाल १४ हजार ४ हेक्टेयर क्षेत्रफल अतिक्रमण भैसकेको छ र ७ हजार हेक्टेयर क्षेत्रफल विवादित जग्गाको रुपमा भन्दै भातरले जोत भोगबाट रोक लगाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here