समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिरहा, २२ पुस ।
गएराति सिरहाको कल्याणपुर नगरपालिका १० नभकाटोलका ९ घरमा चोरी भएको छ ।
राति करिब १ बजे नभकाटोल निबासी स्थानीय सजन मण्डल, कुशे यादव, सिकेन्द्र भगत लगायतकाको घरमा सुरुङ खनेर चोरी भएको छ ।

सजन मण्डलको घरबाट ३ हजार नगद, १ तोला सुन को मङ्गलसुत्र, चान्दिको गरगहना र २ थान मोबाइल लगेको तथा कुशे यादबको घरबाट चान्दिको केही गरगहना, २ हजार नगद र एउटा बाकससमेत चोरी गरेको छ । त्यस्तै, शिकेन्द्र भगतको घरबाट २४ इन्चिको एलसिडि चोरी भएको र अमिलाल मण्डलको घरमा सुरुङ्ग खनेर चोरीको प्रयास मात्र भएको स्थानिय सुखरा मण्डलले बताए ।

त्यस क्षेत्रमा चोरको बिगबिगी देखिएको स्थानीहरुले बताए । चोरी भएको ठाउँदेखि मात्र करिब १ किलोमिटरको दुरीमा कल्याणपुर प्रहरी चौकी छ ।

नजिकैमा प्रहरी चौकी रहेपनि यस प्रकारको घटना भईरहँदा स्थानीय जनताहरु असुरक्षित रहेको प्रष्टिएको एकजना स्थानीयले गुनासो पोखे ।

यता, चोरीको घटना भएको थाहा पाएर चोरी पश्चात् राती नै कल्याणपुर प्रहरी चौकीबाट प्रहरी घटना स्थलमा पुगेका थिए भने वडा १० का वडाध्यक्ष विहान घटना स्थलमा पुगेको छ ।
घटना सम्बन्धमा विस्तृत खोजविन भइरहेको कल्याणपुर प्रहरीले बताएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here