समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी-५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको  प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ७ख ३५५३ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स. १ च ४९६ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको हो। 

७ पुसमा भएको सो दुर्घटनामा एम्बुलेन्स घाइते चालकको जिल्ला अस्पताल इनरुवा र अन्य तीनजनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here