समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सर्लाही, २० पुस ।
सर्लाहीको बलरा नगरपालिका ३ मा ग्यास सिलिण्डर पड्किदा २ हजार कुखुराको चल्ला नष्ट भएको छ ।

नगरपालिका ३ स्थित विनोद झाको कुखुराको फर्ममा राखेको सानो ग्यास सिलिण्डर अचानक पड्किन गई आगलागी हुँदा फर्ममा रहेको कुखुराको २ हजार चल्ला र कुखुराको दाना जलि नष्ट भएको छ ।

आगलागीमा करिब २ लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागी शुक्रबार बिहान करिब ३ बजे भएको सिमा प्रहरी चौकी बलराले जनाएको छ ।
आगलागी सर्लाहीबाट खटिएको प्रहरी टोली र स्थानियबासीहरुको सहयोगमा करिब आधी घण्टापछी नियन्त्रणमा लिएको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here