समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम । ‘आफ्नो साँस्कृति आफ्नो पहिचान, समृद्ध साँस्कृतिक हाम्रो अभियान’ मुल नाराका साथ सिरहमामा लोक साँस्कृतिक महोत्सव हुने भएको छ ।
विजय लक्ष्मी मिडिया फाउण्डेसन तथा सोच नेपालको आयोजनामा सिरहाको सुखिपुर नगरपालिका ३ कुट्टी चोकमा महोत्सव हुने भएको छ ।
महोत्सवको विभिन्न सत्रहरु फागुन ७ गते हुने विजय लक्ष्मी मिडिया फाउण्डेसनका प्रबन्ध निर्देशक तथा सोच नेपालका अध्यक्ष संतोष लाल दासले जनाएको छ । महोत्सवको पहिलो सत्रमा मिथिलाको विभुतिहरु बनाएर झाँकी यात्रा, दोश्रोसत्रमा विभिन्न क्षेत्रमा आफ्नो विशिष्ट योगना दिने व्यक्तित्वहरुलाई स्वागत एवं सम्मान तथा तेश्रो सत्रमा मैथिलि सांस्कृतिक साँझ कार्यक्रम हुने महोत्सवका संयोजक महेश यादवले जानकारी दिएका छन् ।
एक दिवसीय महोत्सवमा मिथिलाको प्रसिद्ध साहित्यकार एवं मैथिलि अभियानि प्राध्यापक मुखिलाल चौधरी एवं मैथिलि एशोसिएशन नेपाल विराटनगरका अध्यक्ष एवं प्रविण नारायण चौधरी सहित मिथिलांचल क्षेत्रका प्रसिद्ध हास्य कलाकार रामनारायण ठाकुर, लोक कोकिला रश्मि झा, गायक अविनाश कर्ण साथै मिथिलाको सुप्रसिद्ध गायक ललित कामत लगायत चर्चित टिभि शो रोचक घोचकबाट चर्चा कमाएका कलाकार प्रदिप सिंह, कृष्णा सिंह, सुनिता पासमान, रोहित साहसहित रामानन्द यूवा कल्बका संगितकार रोशन मिश्र सहित सहभागिता रहने आयोजकले जनाएको छ ।