समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । सिरहाको विभिन्न ठाउँबाट प्रहरीले तीन जनालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।

प्रहरीले सिरहाको लहान नगरपालिका वडा नं. १८ का २५ वर्षीय मोहम्द सदाम, अर्नमा गाउँपालिका वडा नं. ४ का २५ वर्षीय अजय चौधरी र लहान नगरपालिका वडा नं. ४ का २४ वर्षिय रंजित कुमार यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।

सदामलाई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटेको गस्ती टोलीले लहान नगरपालिका ८ यातायात कार्यालयको छेउबाट लागु औषध नाईट्रोभेट ९ पिस, गाँजा ३०० ग्राम सहित नियन्त्रणमा लिईएको सिरहा प्रहरीले जनाएको छ।

त्यस्तै चौधरीलाई लहान नगरपालिका वडा नं. ४ बाट ब्राउन सुगर ११० ग्राम सहित नियन्त्रणमा लिएपछि चौधरीले रञ्जित कुमार यादवसँग खरीद गरेर ल्याएको आधारमा यादवको घरमा खानतलासी गर्दा ब्राउन सुगर ३५० मिनी ग्राम, नोर्फिन १ एम्पुल, डाइजोपाम १ एम्पुल, फेनारगन १ एम्पुल, नाईट्रोभेट १ ट्याब्लेट बरामद गरेको सिरहा प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाइ ईलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here