समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । सिरहाको एक ईलाका प्रहरी कार्यालयको हिरासतबाट आठ थुनुवा फरार भएका छन् । लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना थुनुवा फरार भएका हुन् ।

आज कल्याणपुर गाउँपालिकामा उपनिर्वाचन भएको मौका छोपेर खाना खान जानेबेला पछाडिको ढोकाबाट थुनुवा फरार भएको जनाएको छ । प्रहरीले तत्कालै खोजविन गर्दा एकजना थुनुवालाई पक्राउ गर्न सफल भएको छ ।

अहिले भारतसंग सीमावर्ती नाका सिल गरेर बाँकी थुनुवाहरुको खोजविन गरिरहेको सिरहा प्रहरीले जनाएको छ । उनीहरुलाई खोजविन गर्न व्यापक मात्रामा प्रहरी सक्रिया भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here