समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिरहा। प्रहरीले चाँदीको गहनासहित दुई जनालाई पक्राउ गरेको छ। लहान गनरपालिका–८ दुर्गामन्दिर नजिक चेकजाँचको क्रममा मोरङ पथरी शनिश्चरे नगरपालिका–१४ का ३० वर्षीय सुमन विश्वकर्मा र झापा शिवसताक्षी नगरपालिका–८ का ३८ वर्षीय दलबहादुर विश्वकर्मालाई सुनचाँदीको गरगहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चाँदीको ठूलो ब्रास्लेट २७ थान, सानो ब्रासलेट १८ थान, औँठी १९६ थान, बाला ५८ थान, लेडिज ब्रासलेट २५ थान र  ड्राईगेन ४० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

बरामद भएको चाँदीको गरगहना ५ किलो ७४२ ग्राम रहेको प्रहरीले जनाएको छ। प्रचलित बजार मूल्य अनुसार तीन लाख ६० हजार बराबरीको चाँदीको गहगहना बरामद गरिएको सिरहा प्रहरी प्रमुख, एसपी उमाप्रसाद चर्तुवेदीले बताए।

बरामद गरगहना र पक्राउ परेकालाई आवश्यक कारबाही गर्न भन्सार कार्यालय ठाँडी बुझाइएको एसपी चर्तुवेदीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here