समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिरहा, ३ पुस ।
आफ्नो बुवा र आमाको उमेर बढाएर जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता लिने सिरहाको साविक रामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुरविरुद्ध अख्तियार दुरुपयेग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुबा र आमाको उमेर बढाएर ४-५ वर्षदेखि भत्ता बुझ्दै आएको र मृतक व्यक्तिको समेत भत्ता निकासा गरी आफै खाई मासेको आरोपमा अख्तियारले ९ लाख ६२ हजार ९ सय १४ रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ५४६ वटा भरपाईमा आफैले औंठाछाप लगाई ९ लाख ६४ हजार ४ सय १४ रुपैयाँ लिएको अख्तियारको दावी छ ।
अख्तियारले सोही कार्यालयका कार्यालय सहयोगी राजकुमार महराले ६६ वटा भरपाईमा आफैले औठाछाप लगाई १ लाख २२ हजार रुपैयाँ लिएको दावीसहित उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्राविधिक सहायक ठाकुरविरुद्ध ९ लाख ६४ हजार ४ सय १४ रुपैयाँ विगो माग दावी गरिएको छ ।
त्यस्तै कार्यालय सहयोगी राजकुमारविरुद्ध १ लाख २२ हजार विगो माग दावी गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here