समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरटाईम्स डेस्क
प्रभाकर साह
सिड्नी(अष्ट्रेलीया), १६ फागुन ।
अष्ट्रेलियाको सिड्नी स्थित मधेशीहरुको संस्था एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया एन्टाले यस वर्षको होली पर्व धुमधाम सहित मनाइरहेको छ ।
एन्टा गठनको दश वर्ष पुगेको उपलक्ष्यमा यस वर्षको होली भव्यताका साथ विभिन्न चर्चित कलाकारहरुको उपस्थितिमा मनाउन लागेको हो ।
युनिक टर्न होली हंगामा नाम दिइएको यस कार्यक्रममा नेपालका विभिन्न चर्चित कलाकारहरु संगै सिड्नीको कलाकारहरुको पनि प्रस्तुति हुने कार्यक्रम संयोजक समिम अनवरले वताएका छन् ।
युनिक टर्न एजुकेसन एण्ड माङग्रेसनले टाइटल स्पोन्सर गरेको यस होली हंगामामा नेपालको चर्चित अभिनेत्री डोली सरकार, लोकप्रिय भोजपुरी गायक सुनिल पण्डित तथा चर्चित गायक रमेश राज भट्टराई तथा युवा कोरियोग्राफर भाग्य यादव लगायतको प्रस्तुति रहने एन्टाका पव्लिक रिलेशन अफिसर सुजित सिंहले जनाएका छन् ।
विगत दश वर्ष देखि हरेक वर्ष एन्टाले होली, छठ तथा जितया जस्ता मधेशको मौलिक पर्वहरु सिड्नीमा मनाउदै आएको छ ।
भिडियो यहाँ :