समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


प्रभाकर साह

सिड्नी, २३ पुस

अष्ट्रेलिया सिड्नीका सफल युवा व्यवसायी रंजित साह १०० हिराेज अफ मधेशका लागि मनाेनित भएका छन् ।

मधेशी पत्रकार समाजले खाेजी गरिरहेकाे मधेशका १०० जना उदाहरणीय व्यक्तित्वहरुकाे लागि रंजित साह मनाेनित भएका हुन् ।

सिड्नीमा मधेशी समाज र विद्यार्थीहरुलाई गरेकाे सहयाेगकाे लागि उनि मनाेनयनमा परेका हुन् । करिब १ दशक अगाडी उच्च शिक्षा हासिल गर्न चितवनबाट सिड्नी आएका साह अहिले सफल युवा व्यवसायी र समाजसेवीका रुपमा परिचित छन् ।

रामा फ्यासिलिटी म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक साह सिड्नी स्थित मधेशीहरुकाे संगठन एशाेसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया ‘एन्टा’का उपाध्यक्ष र ग्लाेवल मधेशी एशाेसिएसनका सदस्य पनि हुन् । १ दशक अगाडी सिड्नीमा अफु निकै संघर्षपुर्ण समयमा पनि उनि यहा मधेशी विद्यार्थीहरुलाई सहयाेग गर्न कहिले पछि परेनन् र लगातार मधेश र मधेशी प्रति आफ्नो दृढप्रेम देखाइ रहे ।

सिड्नी आउने मधेशी विद्यार्थीहरुकाे सहजताका लागि उनि काेठा खाेज्न देखि गाडी सिक्न र गाडी खरिद गर्न व्यवस्था मिलाएर आफ्नै कम्पनीमा राेजगार दिने गरेका छन् । करिब २०० जना कर्मचारी रहेका उनका कम्पनीमा ६५ जना मधेशी विद्यार्थीहरु कार्यरत रहेका छन् ।

यसै कारण पनि मधेशी विद्यार्थीहरु अहिले केहि ढुक्क भएर सिड्नी अाउन सक्ने वातावरण बनेकाे छ । सिड्नीकाे संघर्षमा मधेशी विद्यार्थीहरुलाई समस्या परेकाे समयमा कलेज फि तिर्न समेत सहयाेग गरेका छन् ।

उनकै अगुवाइमा एन्टाले हरेक वर्ष मधेशमा रहेका मधेशी विद्यार्थीकाे लागि ५ लाख रुपैयाकाे छात्रवृति प्रदान गर्दै आएकाे छ । जस अन्तरगत अहिले जिवित शहिद सप्तरिका देवनारायण विश्वासका सुपुत्रले काठमाडौंमा सिए काे अध्ययन गरिरहेकाे छ ।

मधेश र मधेशी प्रतिकाे प्रेम र सम्मानले गर्दा नै हाेला उनि मधेशबाट भ्रमणका लागि अाउने अभिभावकहरुलाई आफ्नै घरमा निमण्त्रण गरेर खाना खुवाउने र भलाकुसारी पनि गर्ने गरेका छन् ।

सिड्नीमा सफल रंजित अब मधेशमा बिल्कुलै नया व्यवसायकाे सुरुवात गरेर प्रारम्भमा कम्तिमा १००० जना युवालाई राेजगार दिने तरखरमा रहेका छन् । विदेशमा सफल मधेशका ३६ वर्षे रंजित १०० हिराेज अफ मधेशका अग्रपंक्तिका दाबेदार हुन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here