समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले प्रारम्भ नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले १ लाखको चेक संस्थाका संचालक कल्पना क्षेत्रीलाई हस्तान्तरण गरिन् ।
उक्त रकमबाट काभ्रेको भकुन्डेबेसीमा स्वास्थ्य शिविर संचालन गरिएको छ । उक्त स्वास्थ्य शिविरमा करिव १ हजार जनाको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरिएको छ ।
गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।