समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २९ मंसिर ।
पुर्वमन्त्रीसमेत रहेका प्रदेश सासद शत्रुधन महतोले प्रबिधिका कारणले आधुनिक संसारमा विश्वले नया नया खोज अनुसन्धान गरि रहेको बेलामा हाम्रो नेपाली समाज परम्परागत कुरुतिमै अल्झिएर पछि पर्दै आएको बताएका छन ।
ससार प्रबिधिले गर्दा एक ठाउँको खबर, सुचना, सन्देश अर्को ठाउमा तुरुन्तै थाहा पाउने भएका छौ । मान्छेले चन्द्र र मगल ग्रहमा जीवन खोजी रहेको बेलामा हामी आपसी कलह, धामी, बोक्सीलगायत सामाजिक बिकृतिमै अल्झिएर एक अर्कामा अबिश्वास पैदा गर्दै अमुल्य समयलाइ खेर फाल्दै आएकाले अवको बेला समयानुकूल समायोजन हुनु पर्ने बताएका छन ।
नेपाली समाजमा अहिले पनि कानुनले बन्देज र दण्डनिय गरेका बोक्सी प्रथा, दहेज प्रथा,बालबिवाह, छोराछोरीबिछ भेदभाव , गरिव , दलित, पानी चल्ने नचल्नेलगायतको सामाजिक समस्या र विकृतिमै दिन बिताइ रहेकाले अबको समय जात,जाती हेर्ने हैन श्रमको मुल्यांकन र सम्मान गर्ने बेला भएको बताएका छन ।
शनिबार धनुषाको बटेश्वर गाउपालिकामा न्यायका लागि आवाज विस्तार नाराका साथ डिभी आइ सस्थाले सामाजिक मुल्य मान्यता परिवर्तन र परम्परागत हानीकारक अभ्यासमा अन्तरपुस्ता संवाद कार्यक्रममा बोल्दै सांसद महतोले समाजमा अहिले पनि निकै विकृति र सामाजिक समस्या रहेकाले यस्ता सामाजिक विकृति र संस्कृतिलाइ अन्त्य गरिनुपर्ने बताएका छन ।

गाँउघरमा अहिले पनि बोक्सीका घटना,बालविवाह, दहेज प्रथा, लैङिग विभेद,सामाजिक विभेदलगायतको दर्जनौं घट्ना हुँदै आएकोले यस्ता सामाजिक समस्या हुने विकृतिलाइ समाजकै हामी सबै मिलेर अन्त्य गरिनु पर्ने बताएका छन ।
स्थानिय कार्यक्रम समयोजक तारादेवी महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा उपस्थित सहभागिहरुले बटेश्वर गाउँपालिकालाई सामाजिक विभेद अन्त्यका लागि सामुहिक प्रतिवद्र्धतामा हस्ताक्षर गर्दै यसको लागि समाजमा आवाज उठाउने घोषणापत्र जारी गरेको डिभी इक्वेल एक्सेसका अशोक थापाले जानकारी दिएका छन ।
कार्यक्रममा उपस्थित सहभागिहरुले समाजमा ब्याप्त हानिकारक अभ्यासहरुमध्ये बालविवाह, दहेज प्रथा, बोक्सी, छुवाछुत, छोराछोरीविचको विभेद, बहुविवाह जस्ता सामाजिक विकृति फैलाउने कार्यलाइ सामुहिक रुपमा रोक्ने प्रतिवद्र्धता जाहेर गरेका छन ।
अन्तरपुस्ता संवाद कार्यक्रममा प्रदेश सांसद शत्रुधन महतो, बटेश्वर गाउँपालिकाका उपाध्यक्ष प्रर्मिला देवी सिंह, बटेश्वर गाउँपालिका वाडा नम्बर १ का वाडा अध्यक्ष शैलेन्द्र महतो, वाडा नं. ३ का अध्यक्ष हिरालाल महतो, भुपु प्रधान रामचन्द्र महतो , शिक्षक रामवृक्ष महतो, रामखेलावन महतो, समाजसेवी सरस्वती चौधरी, नथुनि कुशवाहा , अशोक सिंह, बिनय सिंह, दिलिप सिंह , समाजसेवी ववि देबि महतो लगायत सयौको सहभागिता रहेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here