समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाण्डौं । प्रहरीले जाहेरी लिन नमानेपछि जनता समाजवादी पार्टीका नेताहरु प्रहरी परिसर टेकुबाट फर्किएका छन् ।

महोत्तरी जिल्लामा घटना भएको भन्दै जाहेरी लिनका लागि प्रहरीले महोत्तरी जान भनेपछि जाहेरी दर्ताका लागि पुगेका नेताहरु फर्किएका छन् ।

गत बुधबार सांसद यादवलाई उनीहरुले अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याईएको भनी अपहरण र शरिर बन्धक बनाएको भन्दै जाहेरी दिन नयाँ बनेको जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित आइतबार दिउँसो महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

तर, उजुरी दर्ता भएपछि प्रहरी परिसरबाट निस्कँदै पार्टीका नेता डा. बाबुराम भट्टराईले अन्य प्रक्रियाबाट जाहेरी दर्ता गर्ने बताएका छन् ।

ऐनमा जाहेरी लिने भन्ने प्रष्ट व्यवस्था भएपनि जाहोरी नलिएको जनता समाजवादीका नेता केशव झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here