समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । मधेश आन्दोलनको सहिद परिवारलाई धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले सिरक र कम्बल प्रदान गरेका छन् ।

आन्दोलनको क्रममा मृत्यु भएको गणेशमान चारनाथ नगरपालिका अन्तर्गत बिरेन्द्र बजारका ब्रहमदेव ठाकुरको परिवारलाई कम्बल दिएका छन् । जाडोको समयमा जाडोले कठ्याङिरहेको बेला विपन्न उनको परिवारलाई मेयर मण्डलले सिरक र कम्बल दिएका छन् ।

बुधबार मेयर मण्डलले सहिद ठाकुरको घरमै गएर उनको बृद्ध आमालाई २ थान सिरक र १ कम्बल हस्तानान्तरण गरेका छन् ।

दोश्रो मधेश आन्दोलनको क्रममा अधिकारको लागि आफ्नो ज्यानको आहुति दिनुभएका सहिद ठाकुरको परिवारको आर्थिक अवस्था नाजुक भएको कारण उनको आमा जाडोमा कठ्याङि रहेको जानकारी भएपछि कम्बल र सिरक प्रदान गरेको मेयर मण्डलले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here