समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । १० बर्षअघि आजकै दिन हत्या गरिएका सहिद पत्रकार उमा सिंहको ११ औं स्मृति दिवस मनाइएको छ ।

आईतबार नेपाल पत्रकार महासंघ धनुषा शाखाले सहिद पत्रकार सिंहको स्मृति दिवस मनाएको हो । स्थानीय रेडियो टुडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुरधाम उपमहानगरपालिका १४ स्थित गोविन्द कार्कीको घरमा डेरालिई खाना पकाईरहेको बेला राति सवा ७ बजेको समयमा करिब ७,८ जना मानिसहरूको समूहले एक्कासी कोठामा खुकुरी प्रहार गरी समाति घिसार्दै वारदलीमा लगी यत्रतत्र खुकुरी प्रहार र निर्घात कुटपिटगरी निर्ममतापूर्वक वीभत्स हत्या गरि उमालाई घाइते बनाएका थिए ।

महासंघ धनुषा शाखाले अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा आयोजित गरेको श्रद्घान्जलि सभामा कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका पुर्व अध्यक्ष एवं प्रदेशसभा सदस्य रामअशिष यादव,पार्षद् विएम खनाल,पुर्व अध्यक्ष उमेश साह,माधव आचार्य,नेपाल पत्रकार महासंघ प्रदेश २ का सल्लाहकार विरेन्द्र रमण,पत्रकार कमल साह,जगदिश साह,अजय झा,अजय अनुरागी,श्रीनारायण साह,महिला उपाध्यक्ष मनिका झा,मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष सुभाष कर्ण लगायतका सञ्चारकर्मीहरु उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here