समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

मलंगवा, २९ फागुन ।

सर्लाहीको पर्सा गाउँपालिका-४ कविलासी टोलमा मंगलबार राति लागलागी हुँदा ४ घर जलेर नष्ट भएका छन्। आगलागीबाट परी १४ लाख ७५ हजारको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

कविलासी टोलका नरेश राय यादवको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सोही ठाउँका उपेन्द्र यादव, बसीर बैठा धोबी, हकिम बैठा धोबी र ईस्लाम बैठा धोबीको घर जलेर नष्ट भएको हो।

आगीलागीमा परी रायको फुसको कच्ची घर, गोठ, अन्न, लत्ताकपडा र मोटर साइकल जलेर नष्ट भएको छ। रायको मात्रै ६ लाख ८० हजारको क्षति भएको प्रहरीले जनाएको छ।

त्यसैगरी बसीरको फुसको घर, लत्ताकपडा, अन्न र ५ वटा बाख्रा मरेको छ। हकिम बैठाको फुसको कच्ची घर, अन्नपात, लत्ताकपडा र ६ वटा बाख्रा गरी ३ लाख ६० हजारको क्षति भएको छ।

ईस्लामको पनि फुसको कच्ची घर र गोठ सहित गोठमा भएको ६ बटा बाख्रा गरी ६० हजारको क्षति भएको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा रायको हात खुट्टा समेत जलेको छ।त्यसैगरी कविलासी नगरपालिका ७ गैर बस्ने रामपृत रायको परालको टालीमा आगलागी हुँदा ४० हजार बराबरको पराल जलेर नष्ट भएको हो। आगो स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। 

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here