समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

काठमाण्डौं, २४ फागुन ।

सरकार जनमत संग्रह गराउन सहमत भएको सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले जनाएको छ ।

स्वतन्त्र मधेश गठवन्धनका प्रवक्ता अव्दुल खानले आफुहरु र र सरकारवीच भएको वार्तामा सरकारले आफ्ना नेता कार्यकतामाथि लगाएका सवै मुद्दा फिर्ता गर्न र जनमत संग्रह गर्न तयार भएपछि आफ्नो गठबन्धन स्वतन्त्र राजनीतिमा आउन लागेको बताएका हुन् ।

उनले नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनसँग भएको वार्तामा नेपाल सरकार मधेशको माग जनअभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत संग्रह) मार्फत पूरा गर्ने प्रतिबद्धता जनाएको बताएका हुन् ।

यो सहमति अनुसार स्वतन्त्र मधेश गठवन्धनका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दाहरु सरकारले फिर्ता लिनेछ । साथै, स्वतन्त्र मधेश गठबन्धनले आफ्नो कार्यालय विभिन्न जिल्लमा खोलेर खुल्ला रुपले राजनीति गर्नेछ ।

यता, नेकपाको सचिवालय बैठक सकिएको छ ।

सचिवालयका निर्णयहरु केही बेरमा सार्वजनिक गर्ने भन्दै महासचिव विष्णु पौडेलले केही बताउन चाहेनन् ।

‘निर्णयहरु अहिले केहीबेरमा सार्वजनिक गर्छौँ अहिले केही नलेख्नुस्,’ महासचिव पौडेलले बताए ।

साभार ः रातोपाटी

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here