समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । सांसद अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीले दिएको जाहेरी सरकारी वकिलले पनि दर्ता गर्न अस्वीकार गरेका छन् ।

काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका नेताहरुलाई एक दिन अध्ययनका लागि समय लिँदै दर्ता अस्वीकार गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न डा. सुरेन्द्र यादव पार्टीका नेताहरुलाई लिएर बबरमहलस्थित कार्यालय पुगेका थिए । तर, सरकारी वकिलको कार्यालयमा जोहरी लिएर गएका पूर्वराज्यमन्त्री यादवसँगै जसपाका नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठसँग लामो दुई घण्टाको छलफल पछी पनि जाहेरी दर्ता गर्न मानेन् ।

उनीहरुले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेको थिए तर प्रहरीले दर्ता गर्न नमानेपछि सरकारी वकिलकोमा गएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here