समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, १६ माघ ।
सम्मान मधेश कुवेत परिवारद्धारा करिब ४ दर्जन दलित बालबालिकालाई जाडाेमा लगाउने न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
कुवेत स्थित रहेको नेपालीहरुको साझा संगठन सम्मान मधेश तथा सिटी कम्पनीमा कार्यरत नेपाली कामदारहरुको सहयोगमा सुईटर, टोपी तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
मधेशद्धारा धनुषाको बटेश्वर ५ स्थित शान्तिपुर(कालीपुर) स्थित दलित बस्तीमा ३८ जना दलित, गरिब बालबालिकाहरुलाई जाडोबाट बच्न उक्त सामग्रीहरु वितरण गरिएको छ ।
सम्मान मधेश कुवेतका अध्यक्ष श्याम सुन्दर मण्डल र केन्द्रिय अध्यक्ष त्रिलोकी साहको पहल यस्ता विभिन्न सहयोगहरु गरिदै आएको छ ।