समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम । समाजवादी पार्टी परित्याग गरी धनुषाको शहिदनगरमा दर्जनौ नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
विहिबार जिल्लाको शहिदनगर नगरपालिका १ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा समाजवादी पार्टी परित्याग गरी बिभिन्न समयमा गरिब किसानको पक्षमा लडदै आएका संघिय समाजवादी पार्टिका पिलरका रुपमा रहेका सिताराम यादव, रामईश्वर यादव, रामबलि यादब, जमाहिर यादव, रामसोगारथ यादव , सोम कुमार यादव, सिरिकिसुन यादव, राहुल यादव लगायत दर्जनौको संख्यामा नेकपा पसेका हुन् ।
नेकपाका जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य श्रवण बरबरिया यादब तथा शहिदनगर नगरपालिकाका मेयर तथा नेकपा प्रदेश कमिटी सदस्य उदय कुमार बरबरिया यादवले फूलमाला तथा अबिर लगाइ पार्टी प्रवेश गराएका हुन् ।