समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुधाम, १२ माघ ।

धनुषाको सबैलामा शुक्रवार राति करेन्ट लागेर भएको बस दुर्घनाका मृतक परिवार तथा घाइतेहरुलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव तथा प्रदेश सांसद किशोरी साह कमलले भेटघाट गरेका छन् । उनीहरुले दुर्घटनास्थल सबैला नपा–४ कोठिया बल्टियामै पुगेर मृतक केसव देवी चौधरीका परिवारसँग भेटघाट गरि सान्तवना दिनुका साथै जनकपुर अञ्चल अस्पताल पुगेर घाईतेहरुको अवस्थाका बारेमा बुझेका हुन् ।

मन्त्री यादव उक्त क्षेत्र (धनुषा निर्वाचन क्षेत्र नं. १) का निर्वाचित प्रतिनिधिसभा सांसद हुन् भने सांसद साह सोही क्षेत्र (धनुषा निर्वाचन क्षेत्र नं. १ ‘क’) का निर्वाचित प्रदेश सभा सदस्य हुन् । मन्त्री यादव तथा सांसद साह शनिबार विहान जनकपुर अञ्चल अस्पताल पुगेर दुर्घटनाका घाईतहरुलाइृ भेटी उनीहरुको अवस्था बुझेका थिए । घाईतेहरुसँग भेटे लगत्तै मन्त्री यादव तथा सांसद साहले उनीहरुको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएको सांसद साहका स्वकीय सचिव महादेव राउत गडेरीले बताए ।

घाईतेहरुको अवस्था बुझिसकेपछि दुबैजना दुर्घटनास्थल लागेका थिए । त्यहाँ उनीहरु दुर्घटनामा मृत्यू भएका धनुषाका सबैला नपा ४ कोठिया बल्टियाकी केसम चौधरीको परिवारजनलाई भेटेका थिए । मृतक परिवारलाई भेटेर दुबैजनाले सान्त्वना दिएका थिए । साथै मन्त्री यादव तथा सांसद साहले मृतक परिवारलाई किरिया खर्चका लागि तत्कालै व्यक्तिगत तर्फबाट नगद २५/२५ हजार प्रदान गरेको स्वकीय सचिव गडेरीले जानकारी दिए ।

उनीहरुले मृतक परिवारलाई प्रदेश सरकार तथा स्थानीय सरकार (सबैला नगरपालिका)लाई सहयोग गर्न आग्रह गरे । घटना दुःखद भएको भन्दै प्रदेश सांसद साहले त्यस्ता अव्यवस्थित नांगो तारहरुलाई तत्काल व्यवस्थापन गर्न विद्युत प्राधिकरण तथा सबैला नगरपालिकालाई आग्रह गरे ।

शुक्रबार राति धनुषाको सबैला नपा ४ कोठिया बल्टियामा ११ हजार भोल्टेजको तारमा करेन्ट प्रवाह भई बसमा आगो लाग्दा ६ जनाको मृत्यू भयो भने दर्जनौँ घाईते भएका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here