समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
सप्तरी । भारतीय सीमाना खटेको एक जना प्रहरीको मृत्यु भएको छ ।
भारतसँग जोडिएको सप्तरीको बोदे बरसाईन नगरपालिका १ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको हो ।
सशस्त्र प्रहरीको मृत्यु ड्युटीमा खटिएकै बखत मृत्यु भएको सशस्त्र प्रहरीका डिआईजी राजु अर्यालले जानकारी दिएका छन् । असई कार्कीको मृत्यु ड्यूटी गरिरहेकै अवस्थामा बेहोस भएको र तत्कालै उनको मृत्यु भएको हो । ‘अन्य कारण अहिले खुल्न सकेको छैन’ डिआईजी अर्यालले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ ।’
मृतक कार्कीको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएकाे छ ।