समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सप्तरी । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा एकपछि अर्को जटिल प्रकृतीका रोगको उपचार सम्भव हुँदै गएको छ । दक्ष चिकित्सक र आवश्यक उपकरणको उपलब्धतासँगै यस्ता रोगको सफल उपचार सम्भव हुँदै गएको हो ।

यसै क्रममा पछिल्लो पटक बुधबार साँझ स्तन क्यान्सरबाट पीडित एक बृद्धाको सफल शल्यक्रिया सम्पन्न गरिएको छ । स्तन क्यान्सरबाट पीडित सप्तरीको विष्णुपुर गाउँपालिका १ जमुनी मधेपुराकी ६० वर्षिया दुखनीदेवी खंगको सफल शल्यक्रिया गरि उनलाई नयाँ जिवन दिन अस्पतालका चिकित्सकले सफलता पाएका हुन् ।

देब्रे स्तनमा गाठो भएपछि उनी उपचारका लागि पुस ८ गते अस्पताल पुगेकी थिइन् । जाँचको क्रममा स्तनमा पलाएको गाठोको रगत परिक्षणका लागि पठाइएको थियो । सो रिपोर्ट सात दिनपछि प्राप्त हुँदा उनलाई क्यान्सर लागेको पुष्टि भएको थियो ।

डा. राजिव मिश्रा, डा. अजय चौधरीको नेतृत्वमा एनेसथेसिया डा. पारसमणि साहसम्मिलित टोलीले साढे तीन घण्टा लगाएर गरेको शल्यक्रिया सफल भएपछि ती बृद्धाले नयाँ जिवन पाएकी हुन् । यता, उनलाई केही दिन अझ अस्पतालमै राखिने तथा पूर्ण स्वास्थ्य लाभ भएपछि डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताएका छन् ।

क्यान्सर पीडित पत्नीको राजविराजमै सफल उपचार सम्भव भएपछि परिवारजन खुशी भएको आजको राजविराज दैनिकमा समाचार प्रकाशित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here