समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषामा अनैतिक सम्बन्ध राख्ने एक जोडीलाई प्रहरीले होटलबाट नियन्त्रणमा लिएका छन् ।

जिल्लाको लक्ष्मीनिया गाउँपलिका ४ सपहीस्थित रहेको अमरज्योती लज एण्ड गेष्ट हाउसबाट सोमबार एक महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आपत्तीजनक अवस्थामा उनीहरुलाई सोमबार दिनको ४ बजे प्रहरीले नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएको छ ।

प्रहरीले सूचनाको आधारमा होटलमा छापामारी गरी उनीहरुलाई नियन्त्रण लिईएको जनाईएको छ । साथै उक्त गेष्ट हाउसमा महिलाहरुलाई प्रलोभनमा पारी जबरजस्ती यौन व्यवसायमा लगाउने होटल संचालक लक्ष्मीनिया गाउँपालिका ४ का सुशिल कुमार मण्डल फरार रहेको प्रहरी निरीक्षक नायकले जनाएको छ ।

नियन्त्रणमा रहेको उनीहरु उपर थप अनुसन्धान भईरहेको र पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपोसार(नियन्त्रण) ऐन २०६४ अन्र्तगत मुद्धा चलाईने प्रहरीले जनाएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here