समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, २३ पुस ।
नाट्कीय ढंगले सांसद पदको सपथ लिएको चौथो दिन टीकापुर घट्नाका मुख्य अभियुक्त रेशमलाल चौधरीको मुद्दाको पेशी तोकिएको छ ।
उनको मुद्दा न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशमा परेको छ । सांसद चौधरीलाइ पुस १९ मा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ गराएका थिए ।
सपथपछि उनी डिल्लीबजार कारागारमै फर्किएका थिए । चौधरी वारेसमार्फत उम्मेदवारी दर्ता गराएर २०७४ को आमनिर्वाचनमा कैलाली–१ बाट सांसद निर्वाचित भएका हुन ।
२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा एक नाबालक सहित सात प्रहरीको हत्या भएको मुद्दामा सांसद चौधरीसहित २६ जनालाई विपक्षी बनाइएको छ ।
यही मुद्दामा लक्ष्मण थारु सहित २३ जना जिल्ला कारागार कैलाली र दुई नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् ।