समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरका युवाहरुले लकडाउनको कारण सडकमा भोकै भौतारिरहेका रहेका जनावरहरुलाई खाना खुवाउने अभियान सुरु गरेका छन् ।

होटेल, रेस्टुरेन्ट, मासु पसललगायतबाट बढी भएका र फालिएका खानाबाट भोक मेटाइरहेका जनावहरु लकडाउन भएपछि निकै समस्यामा परेपछि युवाहरुले खाना खुवाउने अभियान थालेका हुन् । युवाहरु अविनाश सिंह, राकेश चौधरी, अमित यादव, प्रकाश यादव, दिपेन्द्र यादव, सँजय साह, रोहित सिँह राजपुत, अन्जन झा लगायतका युवाहरुले आ–आफ्नो व्यक्तिगत सहयोगमा शनिबारदेखि जनकपुरको विभिन्न ठाउँमा गएर कुकुर तथा गाईहरुलाई खाना खुवाईरहेका छन् ।

कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले गरेको लकडाउनको अवस्थामा नबोल्ने, माग्न नसक्ने र ईसारा पनि गर्न नसक्ने निमुखा जनावहरुलाई आफुहरुले दैनिक खाना खुवाईरहेको अभियानका एक युवा अविनाश सिँह बताउँछन् । ‘मान्छे त बोल्न सक्छ, आफु कहि कतै उपाय गरेर पनि खान सक्छ, सरकारबाट सक्दो राहत पनि पाएका छन्, तर यी निमुखा जनावरहरु कति कतैबाट खान नपाउँदा कति त मरे र कति बाँचेका छन्,’– सिँह भन्छन् जनावरको पीडा हेरेर खाना खुवाउने अभियान सुरु गरेका छौैं । उनले भने सुरुमा त जनावहरुको अगाडी खाना लिएर जाँदा हामीसँग डराउँथ्यो तर अब दैनिकी खुवाउने गरेपछि हामीलाई हेर्दै हाम्रो अगाडी आएर खाना खाने गरेको बताए ।

युवाहरुले लकडाउनमा राहत पनि वितरण गरेका थिए । तर, राहत बाड्नु भन्दा पनि अहिले निमुखा जनावहरुलाई खाना खुवाउँदा निकै खुशी महसुस भईरहेको सिँहले बताए ।

भोकै सडकमा रहेका कुकुरहरुलाई मासु भात, दुध भात र गाईहरुलाई घाँस किनेर र रोटी आफैँले पकाएर खुवाउने गरेको अभियानका अर्का युवा राकेश चौधरी बताए ।

उनीहरु दैनिक २ सयभन्दा बढी जनावरहरुलाई खाना खुवाउने गरेको जानकारी दिएका छन् ।

युवाहरुले यस्ता निर्दोष जनावरहरुलाई खाना खुवाउने अभियानमा लाग्न समेत आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here