समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम, ३० फागुन ।
धनुषा निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचति प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले धर्मशाला शिलान्यास गरेको छ ।

जिल्लाको कमला नगरपालिका ४ सघारा चौकमा कृष्ण मन्दिरको प्रांगणमा उक्त धर्मशालाको शिलान्यास गरिएको छ । धर्मशाला संसदीय कोष स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमबाट २० लाखको लागतमा धर्मशालाको भवन निर्माण हुने जनाईएको छ ।

बुधबार एक समारोह शिलान्यास भएको उक्त कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका नेता कार्यकर्ता, वडा अध्यक्ष लगायत सर्वसाधारहरुको उपस्थिती रहेको थियो ।

साथै हुलाकी सडकको कमला नदिमा पुल निर्माण कार्यलाई निरीक्षण गर्दै पुल निर्माणका बिषयमा त्यस क्षेत्रका जनताहरुको जन गुनासो सुन्दै अरगरियाले भने मैले सदन मार्फत बराबर हुलाकी सडक र कमला पुलको बारेमा संघर्षरत रहेको बताए । उनले अहिले पनि कामको ढिलाइले जनताहरुलाई सास्ती भोग्नुपरेको हुँदा अब जसरी भएपनि छिटोछरितो पुलको काम सदन मार्फत आवाज उठाउने प्रतिवद्धता जनाए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here