समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


उदयपुर। समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि आफूहरूले दबाबमूलक आन्दोलन गर्ने बताएका छन्। 

आज उदयपुरको गाईघाटमा सञ्चालन भएको प्रदेश १ स्तरीय समाजवादी पार्टीको दुईदिने कार्यकर्ता प्रशिक्षण भेलाकाे समापन समाराेहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब समाजवादी पार्टीले वर्तमान संविधान संशोधनको लागि शान्तिपूर्ण आन्दोलनको अभियान शुरू गर्ने बताएका हुन्।

“सरकारमा रहेको नेकपा र प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले विगतमा मधेशी, आदिवासी जनजाति तथा महिलाको अधिकारको लागि पूर्ण समावेशी तथा समानुपातिक अधिकारको व्यवस्थापन गर्न संविधान संशोधन गर्ने प्रतिबद्धता गरे पनि अहिलेसम्म साे प्रतिबद्धता पूरा नगरेकाले शान्तिपूर्ण संघर्षमा जानुपर्ने बाध्यता आएकाे छ”, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here