समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । गत मंसिर २७ गते शुक्रबार मध्यराति धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ मा शक्तिशाली बम बिस्फोट भयो । मध्यराति १२ बजेर १० मिनेट जाँदा भएको बम बिस्फोटमा नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिर कुमार दाहाल, स्थानीय राजेश साह र उनका छोरा आनन्द कुमार साहको अकाल मृत्यु भयो । बम विस्फोटबाट त्रासमय भयो महेन्द्रनगर । दिउँसै सुनसान हुन थाल्यो महेन्द्रनगर बजार । शोकमा डुब्यो ईलाका प्रहरी कार्यालय र महेन्द्रनगर । अभिभावकविहिन भयो ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र राजेश साहको परिवार पनि ।

सर्वसाधारमा अब त्यो त्रास विस्तारै मेटिन थालेको छ । क्रास मेटिनुको विभिन्न कारण मध्ये एक हो ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ईन्चार्ज भएर आएका प्रहरी निरीक्षक पप्पु नायक । रौतहट नरसंहारमा दर्जन भन्दा बढीको हत्या गरेको आरोपमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई पक्राउ गरेर चर्चामा आएका ईन्सपेक्टर नायक महेन्द्रनगरमा आएपछि सर्वसाधारणमा केही हदसम्म त्रास मेटिन थालेको छ ।

आलमको पक्राउमा महत्वपूर्ण भूमिका खेलेका ईन्सपेक्टर पप्पु रौतहटमा थप २ वटा बम काण्डको कथा पनि हप्ता दिनमै सल्टाए । अपराधीलाई समातेर कारवाहीका लागि आवश्यक प्रकृया पनि थाले । सोही साहसिक काम गरेर चर्चा कमाएका ईन्सपेक्टर नायक महेन्द्रगरका लागि एक जिम्मेवार रक्षक भएको स्थानीयहरु बताउँछन् । स्थानीय कतिपय राजनीतिकर्मीले त सामाजिक संजालमा ईन्सपेक्टर रुपमा पप्पु आएपछि अपराधमुक्त महेन्द्रनगर बनाउने भनेर स्टाटस नै लेखेका छन् ।

जहाँ अशान्ति त्यहा शान्ति ल्याउन पपु नै चाहिने थुप्रै उदाहरण छन रौतहटमा । धनुषाको महेन्द्र नगरमा अज्ञात समुहले राखेको बम…

Gepostet von Madan Thakur am Sonntag, 15. Dezember 2019

Pappu Nayak 👏 धरै मिलने साथीBest of luck ….🌹जहाँ अशान्ति त्यहा शान्ति ल्याउन पपु नै चाहिने थुप्रै उदाहरण छन रौतहटमा…

Gepostet von Aashish Jha Surya am Sonntag, 15. Dezember 2019

#नेपाल प्रहरी निरीक्षक को रुपमा एकदमै चर्चित प्रशंसा योग्य काम गरेका र नेपाल प्रहरीको छवि उच्च तहमा राख्न सफलता प्राप्त…

Gepostet von Hari Prasad Paudel am Dienstag, 17. Dezember 2019

मिहिनेतमा अटल विश्वास राख्ने नायक २०७१ सालमा खुल्ला प्रतिस्पर्धाबाट असईमा प्रवेश गरे र २०७४ सालमा खुल्ला प्रतिष्पर्धाबाट प्रहरी निरीक्षक बन्न सफल भए । प्रहरी निरीक्षक भएसँगै तालिमको लागि राजविराजमा रहेको पप्पुको आँट र कार्यक्षमतालाई सम्मान गर्दै काजमा रौतहट पठाईयो । रौतहट पठाईए सँगै डिएसपी नविन कार्कीको कमाण्डमा आलमलाई समात्न सफल भई अनुसन्धान अधिकृत भएर नै आलमलाई जेल पठाए ।

यतिमात्रै होईन भारतको सिमाना नजिकै पर्ने रौतहटमा तस्करी व्यापक फस्टाईरहेको बेला तस्करहरुमा समेत खैलाबैला मचाईदिए । विगतका यस्तै कार्यक्षमताका आधारमा निकै कम समयमा ईलाका प्रहरी कार्यालयको जिम्मेवारी दिनुले आफुमा धेरै ठुलो जिम्मेवारी रहेको नायकले जनकपुरटाईम्सलाई बताए । यसलाई उनले निकै चुनौतीपूर्ण अवसरका रुपमा पनि लिन्छन् । ईन्सपेक्टर नायकले जनकपुरटाईम्ससँग कुरा गर्दै भने,–‘समाजलाई अपराधमुक्त बनाउने जिम्मा मेरो छ यसमा समाजले पनि मलाई सूचना दिएर सहयोग गरिदिनु पर्ने हुन्छ, प्रहरीले मात्रै चाहेर अपराधमुक्त समाज निर्माण हुदैन यसका लागि स्थानीयको सहयोग पनि अपरिहार्य छ ।’

नायकले स्थानीयले साथ दिए म आफ्नो कार्यक्षेत्र अपराधमुक्त घोषणा नै गर्ने बताए । उनले अपराधमुक्त सँगै कार्यालय र प्रहरीको ईमानदारितामा पनि निखार ल्याउने बताए । महेन्द्रनगरमा भएको बम बिस्फोट अप्रत्यासित ताथ नसोचेको घटना भएको बताउदै प्रहरी निरीक्षक नायकले अब त्यस्ता घटना हुन नदिने भरपुर प्रयास गर्ने दाबी गरे । अब त्यस्ता घटना हुन नदिन हामी दिनरात खटिरहने प्रतिवद्धता समेत जनाए । नायकले कार्यभारत सम्हाले लगत्तै बुधबार ५ सय लिटर मदिरा समेत नष्ट गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here