समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरटाईम्स डेस्क
राजन सिंह
जनकपुरधाम, २० माघ ।
नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले शिक्षाको विकासको लागि भौतिक संरचना अत्यावश्यक भएको बताएका छन् । उनले शिक्षा विकासको लागि भौतिक संरचना विद्यार्थी मैत्री हुनुपर्ने बताए ।
जापान सरकारको सहयोगमा धनुषाको नगराईन नगरपालिका वडा नं. ६ लगमा स्थित बासुदेव राष्ट्रिय प्राथमिक विद्यालय भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता निधीले जापान सरकारले नेपालको कृषि , भौतिक संरचना , शिक्षा , स्वास्थ्य लगायतको क्षेत्र विकासका लागि सहयोग गर्दै आईरहेको बताए ।
उनले केही दिन पहिला मात्र जापानी राजदुतावासमा यो विद्यालयलाई अत्याधुनिक बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको र लगतै शिलान्यास गरिएको जानकारी गराए । जति छिटो शिलान्यास गरिएको छ त्यति नै छिटो निर्माण कार्य सम्पन्न हुने उनले विश्वास व्यतm गरे । विकास फाउण्डेश्नको आयोजनामा गरिएको विद्यालय भवनको शिलान्यास नेता निधीले गरेका थिए ।
बासुदेव राष्ट्रिय प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बेचन मंडलको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष श्यामसुन्दर चौधरीले विद्यालयको विषयमा प्रकाश पारेका थिए ।
करिब १ करोडको लागतमा निर्माण हुन लागेको सो विद्यालयबाट त्यस क्षेत्रका बालबालिकाहरुलाई आधारभुत शिक्षाको लागि विद्यार्थी मैत्री भवन उपलब्ध हुने विश्वास गरिएको छ ।
यस अघि पनि नेता निधीको पहलमा त्यस क्षेत्रमा भारतीय राजदुतावासको सहयोगमा विभिन्न विद्यालयहरुमा भौतिक संरचना निर्माण गरिएको छ ।