समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । शहिदनगर नगरपालिकाद्धारा साताको प्रत्येक शुक्रवार गराईने अतिरिक्त कृयाकपाल अन्तर्गत आज नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

नगरपालिकाको शिक्षा समितिले पात्रोनै प्रकाशित गरी प्रत्येक शुक्रवार गराउने अतिरिक्त कृयाकलाप अन्तर्गत नृत्य प्रतियोगितामा नगरपालिकाको यदुकुवा स्थित रानी माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो ।

नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिता कार्यक्रममा नगर भरीका ३२ वटा विद्यालयका छात्र छात्राहरुले भाग लिएका थिए ।

प्रमुख अतिथि नगर प्रमुख बरबरियाले छात्र छात्राको लागि पढाईको साथ साथै अतिरिक्त कृयाकलापको पनि उतिकै आवश्यकता पर्ने भएको हुँदा शिक्षाको पात्रोनै प्रकाशित गरी यस्ता किसिमका कार्यक्रमहरु उपर जोड दिईएको बताए । उनले छात्रछात्रालाई पढाई लेखाई सँगै शारिरीक, मानसिक तथा बौद्धिक विकासका लागि पनि अतिरिक्त कृयाकपालको आवश्यकता रहेको बताए ।

नगर प्रमुख बररियाले अतिरिक्त कृयाकपाल अन्तर्गत खेलकुद, चेतनामुलक तथा नैतिकता संबन्धिका विषयबस्तु जसले विद्यार्थीलाई शारिरीक रुपमा स्फुर्त, बौद्धिक रुपमा चेतनशील भई आफ्नो नियमित अध्ययन अध्यापनलाई पुर्ण बनाउन मदत गर्ने हुनाले अतिरिक्त कृयाकलाप उपर विशेष ध्यान दिएको धारणा व्यक्त गरे ।

यस अघि अतिरिक्त कृयाकलाप मध्ये वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, खेलकुद प्रतियोगिता, कविता र निबन्ध प्रतियोगिता सम्पन्न भईसकेको छ ।

प्रतियोगितामा मा.वि. तर्फ मा.वि. धबौली प्रथम, मा.वि.यदुकुहा द्धितीय, मा.वि.महुलिया तृतीय भएको हो । त्यसैगरी अधारभुत तर्फ आधारभुत कुम्भकरण प्रथम, आधारभुत यदुकुहा द्धितीय, आधारभुत गोठकहा तृतीय भएको हो ।

त्यसैबीच प्रा.वि.तर्फ प्रा.वि. हरवारा प्रथम, प्रा.वि.कुम्भकरण द्धितीय र प्रा.वि.बेमर्खी तृतीय भएको हो । विजेताहरुलाई राजकुमार कर्माचार्यद्वारा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रा.वि., नि.मा.वि. र मा.वि. तहका नगर भित्रका सम्पूर्ण तहका विद्यालयका शिक्षक, शिक्षा अधिकृत धिरेन्द्रलाल कर्ण, श्रोतव्यक्ति धनेश्वर प्रसाद यादव, शिक्षा समितिका सदस्य प्रदिप साह लगायतका उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here