समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा निःशूल्क परिवार नियोजनको शिविर सम्पन्न भएको छ ।

पुस २३ र २४ गते गरी सँचालन भएको दुई दिने परिवार नियोजन शिविरको क्रममा नगरभरिकी महिलाहरुले सेवा लिएकी हुन् । शहिदनगर नगरपालिकाको ९ वटै वडाकी महिलाहरुले सेवा लिएको जानकारी दिइएको छ । दुई दिने शिविरको क्रममा ५ दर्जन बढी महिलाहरु लाभान्वित भएको मेयर उदय कुमार बरबरियाले जानकारी दिएका छन् ।

स्वास्थ कार्यालयको आयोजना तथा सुनौलो परिवार नेपालको प्राविधिक सहयोग तथा शहिदनगर नगरपालिकाको समन्व्यमा शिविर सम्पन भएको हो । प्राथमिक स्वास्थ केन्द्र यदुकोहाको प्राँगनमा पुस २३ र २४ गते गरी दुई दिन शिविर सन्चाल भएको थियो ।

उक्त शिविरमा डा. पंकज प्रताप देव, अनु सिंह ठकूरी, निलाम प्रजापति, तृष्णा बराल, पासंग डोंग तमांग, सृजना कोइली, मनीषा कार्की, दीपक खड्का, रवि मगर लगायतका चिकित्सकको टोलीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here