समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम १६ पुष ।

धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरमा सोमबार समाजवादी युवा फोरम नेपालको वडा कमिटी गठन गरिएको छ ।

संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी फोरमको १५ सदस्यीय वडा समिति गठन गरिएको हो । शहिदनगर नगरपालिका वडा नं. ९ को वडाध्यक्षका प्रत्यासी शौखी लाल मुखियाको अध्यक्षतामा भएको वडा भेलालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपाल धनुषाका युवा नेता बिनोद रोहिताले कुनै पनि संगठनको मेरुदण्ड युवाहरु भएकोले युवा एकता माथि जोड दिए ।

उनले महिला, विद्यार्थी, शिक्षक, किसानलगायतका संगठनहरुको बिस्तारमा पनि जोड दिए । उक्त भेलाबाट निशान्त कुमार मरिकको अध्यक्षतामा १५ सदस्यीय समाजवादी युवा फोरम नेपालको वडा कमिटी गठन भएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र कुमार गोइत, उपाध्यक्षमा मोहन कुमार साफी, कोषाध्यक्षमा सोभित सदा, सचिबमा सुनिल कुमार मण्डल र सहसचिबमा शावन कुमार मुखियालाई सर्वसम्मतले चयन गरिएको छ ।

सदस्यहरुमा राज कुमार ठाकुर, महिन्द्र सदा, उमेश गोहिवार, कमरे आलम, कुमर मुखिया, राम कुमार साफी, मुकेश कुमार मण्डल, राम हृदय सदा, राम भरोश यादव छनौट भएका हुन् ।

कार्यक्रममा काली मरिक, अलिहुसेन नदाफ, रुपेश गोइत लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो । शहिदनगर नगरपालिकामा समाजवादी युवा फोरम गठनका लागि बिजय कुमार यादव र राम चन्द्र यादव सहित २ सदस्यीय निर्वाचन प्रतिनिधिलाई जिम्मेवारी दिइएको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here