समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । गत करिब तीन साता देखि तराई मधेशमा बढेको जाडो तथा शितलहरबाट प्रभावित गरिब, दलित तथा विपन्न वर्गहरुका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बररियाको विशेष पहलमा नगरपालिकाको वडा नं. ६ हठ्ठिपुरका ६० जनालाई न्यानो कपडा सहितसहित खाद्यान्न समाग्री समेत वितरण गरिएको हो ।

जनकपुरको कामाख्य परिवार नेपालको आयोजना तथा जिल्ला प्रशासन कार्यालय धनुषा र नगर प्रमुख बरबरियाको विशेष समन्वयमा शहिदनगरका उक्त नगरबासीहरुलाई खाद्यान्न सहित मोटो कपडा वितरण गरिएको हो ।

जाडोका कारण विपन्न वर्गका व्यक्तिहरुको जनजीवन प्रभावित भएको भन्दै सहयोग स्वरुप मोटो कपडा र खाद्यान्न समाग्री वितरण गरिएको हो ।

वडा नं. ६ का गरिब एवम् विपन्न वर्गमध्ये एक परिवारको लागि एउटा मोटो ब्लान्केट, १ किलो भूजा (मुरही), १ किलो चुरा, २ प्याकेट चाउचाउ, २ प्याकेट विस्कुट र गुँड (मिठ्ठा) वितरण गरिएको हो । रेल्वे ट्रैक सफाई अभियानी एवम् मिथि फाउण्डेशनको सहकार्यमा एक कार्यक्रमबीच उक्त समाग्रीहरु वितरण गरिएको छ ।

नगरका मेयर बरबरिया सहित प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेल, शसस्त्र प्रहरी बलका एसपी राजेश उप्रेती, कामाख्य परिवार नेपालका विभाष लाभ, शहिदनगर नगरपालिकाकी उमेयर शिलादेवी कापर, प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, कम्प्युटर अपरेटर विष्णुदेव यादव, लेखा अधिकृत लोक बहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीप भट्टराई सहित कामाख्या परिवार नेपालकी सचिब ललिता लाभ, अभियन्ता रूबी झा, दिपक कुमार चौधरी लगायत नागरिक समाज, स्थानीयबासी, प्रसाशन, अभियन्ताको रोहबरमा वितरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here