समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा जनचेतनामुलक प्रचारप्रसारमा घुम्ने गाडीलाई मेयर उदय बरबरिया यादवले हरियो झण्डा देखाई वडाहरुमा पठाइएको छ ।

आईतबार ६७ औं कुष्ठरोग उन्मुलन दिवसको अवसरमा कुष्ठ रोगका बारेमा जनचेतनामूलक संदेश नगरबासीलाई र्पुयाउने उदेश्यका साथ गाडीलाई हरियो झण्डा देखाएर नगरपालिकाको ९ वटै वडामा पठाइएको हो ।

कुष्ठरोगप्रतिको नाकारात्मक सोंच, समाजको वर्तमान परिस्थिति र कुष्ठरोगकै कारण समाजबाट बहिष्कृत भएर बस्न बाध्य भएका व्यक्तिहरुलाई समाजमा पुनः स्थापित गराउने उदेश्य साथ सप्ताहव्यापी कार्यक्रम सुरुवात गरेको हो ।

आईतबार नगरका स्वास्थ्य समितिका पदाधिकारी, विभिन्न स्वासथ्य सँस्थाका प्रमुख, प्रबुद्ध ब्यक्ति, पत्रकार, ब्यापारी, किशान सम्मिलित ब्यक्तिहरूमाझ अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अन्तरक्रियामा निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् लेखापाल लोक बहादुर नेपालीले स्वागत मन्तव्य राखेको थियो । कार्यक्रममा कामाख्या परिवार नेपालका हीरा मंडल, सिद्धी पटेल, आग्रह लाभको विशेष उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here