समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


वीरगन्ज । वीरगन्ज कारागारमा रहेकी एक महिला कैदीबन्दीको बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–९ की ३५ वर्षीय सन्ध्या पौडेल रहेको वीरगन्ज कारागार प्रशासनले जनाएको छ ।

मृतक कैदीबन्दी पौडेल एचआइभी एड्स संक्रमित बिरामी रहेको वीरगन्ज कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिए । पोखरेलले भने, ‘पौडेल दुई दिन अस्पतालमा भर्ना भएरै उपचार गराएपछि बुधबार मात्र कारागार फर्केकी थिइन् ।’ पौडेलको बिहीबार बिहान ५ बजे मृत्यु भएको उनले बताए । पौडेललाई लागुऔषध मुद्दामा जिल्ला अदालत पर्साले तीन वर्ष जेल सजाय तोकेकोमा दुई वर्ष सजाय भुक्तान भइसकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here