समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१५ भिस्वा टोलमा शुक्रबार एक युवकको शव फेला परेको छ । भिस्वाबाट नेशनल मेडिकल जाने बाटो छेउको खाली जग्गामा शव फेला परेको हो ।

जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । मधेसी मुलको जस्तो देखिने मृतक युवकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here